Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन् २०२३ मा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश हुने प्रक्षेपण

काठमाडौं । सन् २०२३ मा भारत विश्वको सबैभन्दा बढि जनसंख्या भएको देश सावित हुने प्रक्षेपण गरिएको छ ।

विश्वको सबैभन्दा बढि जनसंख्या भएको देशमा चीन एक नम्बरमा रहेको र आगामी वर्षमा भारतले चीनलाई उछिन्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

विश्व जनसंख्या दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघले एक वक्तव्य प्रकाशित गरी यही वर्षको मध्यसम्म विश्वको जनसंख्या ८ अर्ब पुग्ने र भारत जनसंख्याको आधारमा एक नम्बरमा पुग्ने जनाएको छ ।

सन् २०११ मा संसारमा मान्छेको संख्या ७ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077