Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाबाट आर्थिक वर्ष ०७९/०८० को बजेट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो।

प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ तथा कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो।

शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो। बजेटको छलफलमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री साहले सदनमा जवाफ दिएपछि बजेट पास गरिएको हो।

असार १ गते अर्थमन्त्री साहले आर्थिक वर्ष ०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077