कैलाली । गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ ।
गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा बालकको शव फेला परेको हो ।
प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।