Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो टी–२० क्रिकेट : भारतसँग इङ्ल्यान्ड ५० रनले पराजित

एजेन्सी । इङ्ल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत विजयी भएको छ ।

साउथह्याम्प्टनमा आज बिहान सकिएको खेलमा भारतले इङ्ल्यान्डलाई ५० रनले पराजित गरेको हो । भारतले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३ बल बाँकी छँदै १ सय ४८ रनमा अलआउट भयो ।

इङ्ल्यान्डका मोइन अलीले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले ४ तथा असर्दीप सिंह र यजुवेन्द्र चहालले २/२ विकेट लिए ।

यसघि टस जितेर ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले ५१ रन बनाए । भारतका अरु ब्याट्सम्यानले पनि आक्रामक ब्याटिङ गरे । यी दुई देशबीच ३ खेलको टी–२० र ३ खेलको एक दिवसीय श्रृङ्खला हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077