Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले गहुँ पछि पिठो र आँटा निर्यातमा कडाइ गर्यो

काठमाडौं । भारतले गहुँ पछि अब गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ थालेको छ ।

२८ असारदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो ।

नयाँ नियम पछि अब भारतबाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समितिबाट अनुमति लिनु पर्नेछ ।

गत ३० वैशाखमा गहुँको निर्यात रोकेसँगै भारतबाट पिठो र आँटाको निर्यात बढेको निष्कर्ष पछि यस्तो निर्णय लिइएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

पिठो लगायतका वस्तु निर्यातको निर्णय बुधबार गरेको पनि समाचारहरुमा जनाइएको छ ।

विवरणहरु अनुसार अघिल्लो वर्ष अप्रिलमा २६ हजार टन पिठो निर्यात भएकामा गहुँ निर्यातमा रोक लगाएपछि यस्ता वस्तुको निर्यात एक महनामै ९६ हजार टन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077