Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्विटरले हटायो देवी कालीले चुरोट तान्दै गरेको पोस्टर

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरले हिन्दुहरूकी देवी कालीले चुरोट पिएको डकुमेन्ट्री पोस्टर हटाइदिएको छ। तमिलनाडुमा जन्मिएकी र अहिले क्यानडाको टोरोन्टोमा बस्ने फिल्म निर्देशक लीना मनिमेकाले गत शनिबार आफ्नो ट्विटरमा एउटा डकुमेन्ट्रीको पोस्टर सार्वजनिक गरेकी थिइन्।

उक्त पोस्टरमा हिन्दुकी देवी कालीको पहिरन र आकृतिमा रहेकी महिलाले चुरोट पिइरहेकी छन्। पोस्टरमा एलजिबिटी समुदायको प्रतीकका मान्यता पाएको प्राइड फ्ल्याग पनि देखाइएको छ।

भारतीय हिन्दुहरूले उक्त पोस्टरले आफ्ना देवी देवताको अपमान गरेको भन्दै आक्रोश जनाइरहेका छन्। मनिमेकालाई पक्राउ गर्नुपर्ने भन्दै उनीविरूद्ध भारतका विभिन्न ठाउँमा उजुरी दर्ता भएका छन्।

मनिमेकाको यो डकुमेन्ट्री ‘रिदम्स अफ क्यानडा’ मा प्रदर्शन गर्न बनाइएको हो। विरोधपछि उक्त डकुमेन्ट्री प्रदर्शन नहुने भएको छ। ट्विटरले कानुनी आग्रहका कारण मनिमेकाको ट्विट हटाइएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077