Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२० करोड घोटालामा मुछिएका मधेश प्रदेशका अर्थमन्त्री साहको राजिनामा माग

सप्तरी । बहुचर्चित २० करोड रकम घोटाला प्रकरणमा मुछिएका मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहमाथि छानबिन गर्न गठित अनुगमन समिति नै अंसबैधानिक भएको आरोप लागेको छ । नेपाली काँग्रेस सप्तरीका युवा नेता ईशाद अन्सारीले राजविराजमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरि समिति अबैधानिक रहेको बताए ।

सप्तरीको विभिन्न खोला नियन्त्रणका लागि मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आफ्ना सल्लाहकार शम्भु झा मार्फत सोझै रकम सप्तरी स्थित जलस्रोत तथा सिचांई बिकास डिभिजन कार्यालयमा पठाएको आरोप लागेपछि मधेश प्रदेश सभाका उपसभामुख उपमा देवको संयोजकत्वमा हिजो मंगलवार प्रदेश सभाले संसदिय समिति गठन गरेको थियो ।

तर सो समिति नै असंबैधानिक रहेको आरोप अन्सारीले लगाएका छन् । पत्रकार सम्मेलमा अन्सारीले भने–आफ्नै पार्टीका नेता माथि आरोप लागे पछि प्रतिपक्षि दलको संयोजगत्वमा सदन भित्र रहेको सबै दललाई समावेश गरी छानविन समिति गठन गर्ने संवौधानिक प्रावधान रहेको छ ।

तर सो विपरीत उप–सभामुख देवको संयोजकत्वमा छानबिन समिति गठन हुनु असंबैधानिक हो, यसले छानविन प्रक्रियालाई प्रभावित पार्ने छ ।

छानविन समितिको प्रतिवेदन नआए सम्म मन्त्री साहले राजिनामा गनुपर्ने र उनले राजिनामा नगरे जसपा अध्यक्ष उपेन्द्र यादवले साहको राजिनामा लिनुपर्ने माग समेत अन्सारीको छ ।

अर्थ मन्त्री साह र उनका सल्लाहकार झा मार्फत भएको २० करोड बाँडफाँडको सम्बन्धमा प्रदेश सभामा हिजो मन्त्री साहले दिएको अभिव्यक्ति चित बुझदो नरहेको दावि समेत उनले गरे ।

यस अघि मन्त्री साह कृषि मन्त्री रहेका बेला सप्तरीमा ७ सय स्यालो टूयवेल जडान गरेको अभिव्यक्ति दिए पनि टूयवेल जडान नभएको आरोप लगाउँदै अन्सारीले सोको समेत छानविन हुनपर्ने माग गरेका छन् ।

विगतमा भएका सबै भ्रष्टाचारको छानविन हुनुपर्नेमा जोड दिदै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका अन्सारीले मन्त्री साहले राजिनामा नगरे र भैसि प्रकारण सहित मन्त्री साहको पालामा भएको सबै भ्रष्टाचारको छानविन नभए नेपाली काँग्रेस आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077