एजेन्सी । भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले होटल, रेस्टुरेन्ट र ढाबा आदिलाई खानाको बिलमा सेवा शुल्क लगाउन प्रतिबन्ध लगाएको छ।
सेवा शुल्कमा बहस सुरु भएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१७ मा पनि केन्द्र सरकारले कसैलाई पनि सर्भिस चार्ज वा सेवा शुल्क तिर्न बाध्य पार्न नहुने बताएको थियो ।
तर केन्द्र सरकारले सूचना जारी गरेको पाँच वर्ष बितिसक्दा पनि देशभरका अधिकांश रेष्टुरेन्टले सेवा शुल्क असुलिरहेका छन् ।
यति मात्र होइन, केन्द्र सरकारको एक मिनी रत्न कम्पनी आईआरसीटीसीले पनि सेवा शुल्क लिइरहेको छ।