Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देवी कालीले चुरोट तान्दै गरेको तस्विर सार्वजनिक, विवादित तस्विर हटाउन भारतको माग

एजेन्सी । देवी कालीको रुपमा एक महिलाले चुरोट खाँदै गरेको फिल्मको तस्विर सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।

क्यानडाको टोरोन्टोस्थित अघा खान म्यूजियममा ‘अन्डर दी टेन्ट’ प्रोजेक्ट अन्तर्गत एक फिल्मको तस्विरमा देवी कालीले चुरोट तान्दै गरेको रुपमा प्रस्तुत गरिएपछि विरोध भएको हो ।

तस्विर सार्वजनिक भएपछि भारतले आधिकारिक रुपमा विरोध जनाएको हो । क्यानडास्थित भारतीय राजदूतावासले एक विज्ञप्ति जारी गर्दै यस विषयमा क्यानडा सरकार र आयोजकलाई अवगत गराइसकेको जनाएको छ ।

दूतावासले उक्त विवादित तस्विरलाई हटाउन माग समेत गरेको छ । सो तस्विरले धार्मिक भावना आहत भएको बताइएको छ ।

लिना मनिमेकलाईले ट्वीटमा सो तस्विर सार्वजनिक गरेपछि विवाद सुरु भएको हो। उनले ‘रिदम्स अफ क्यान्डा’ अन्तर्गत आफूले सो फिल्म बनाएको बताएकी छिन् । लिला हाल क्यानडामा अध्ययनरत छिन् । भारतमा सो तस्विरलाई लिएर लिलाविरुद्ध प्रहरीमा उजुरी समेत दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077