Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघियता खारेज र मूल्यवृद्धीको विरोध गर्दै धनगढीमा राप्रपाले निकाल्यो राँके जुलुस

कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा संघियता खारेज र मूल्यवृद्धीको विरोधमा राँके जुलुससहित प्रर्दशन गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार साँझ धनगढीको पार्कमोडमा संघियता खारेज र मूल्यवृद्धीको विरोधमा राँके जुलुससहित प्रर्दशन गरेको हो ।

‘चर्को मूल्यवृद्धी फिर्ता गर’, ‘संघियता खारेज गर’ जस्ता नारासहित उनीहरुले प्रर्दशन गरेका थिए ।

राप्रपा संघियता खारेजको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077