Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अवरोधका बीच राष्ट्रिय सभाबाट बजेट आश्रित तीन वटै विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

यी तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले आइतबार तीन वटै विधेयक पारित गरेर प्रतिनिधि सभामै फिर्ता पठाएको छ ।

राष्ट्रिय सभाले संदेशसहित फिर्ता पठाएको तीन वटै विधेयकलाई प्रतिनिधि सभाले पारित गर्नुपर्ने हुन्छ ।

विनियोजन विधेयक र बजेट आश्रित तीन वटै विधेयकलाई प्रतिनिधि सभाले पुनः पारित गरेपछि बजेट संघीय संसदबाट पुर्ण रुपमा पारित हुनेछ । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077