Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल एमालेद्धारा बहिष्कार

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ ।

राजीनामा नदिने भए संसदीय छानविन समिति गठनको माग राखेको छ । आफूहरुको मागको सुनुवाइ नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो ।

एमाले सांसदहरुले बैठक बहिष्कार गरे पनि अध्यक्ष तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिए । एमाले बाहेकका सांसदहरुको अनुपस्थितिकाबीच पनि राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077