Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजस्थानमा एक व्यक्तिको हत्या गरिएपछि धार्मिक तनाव उत्पन्न

एजेन्सी । भारतको राजस्थान राज्यको उदयीपुर जिल्लामा एक व्यक्तिको हत्या गरिएपछि धार्मिक तनाव उत्पन्न भएको छ । दुई मुस्लिम युवकले उदयीपुर जिल्लाका लुगा सिलाउने काम गर्दै आएका कन्हैया लालको हत्या गरेका थिए।

लालको हत्याका समयमा उनीहरूले खिचेको भिडियोसमेत अनलाइनमा राखेका छन् । राजस्थान प्रहरीले भिडियोमा देखिएका दुई युवालाई पक्राउ गरिएको जनाएको छ ।
इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे भारतीय नेताका विवादास्पद टिप्पणीलाई समर्थन गरेपछि प्रतिशोधस्वरूप ती व्यक्तिको हत्या गरिएको उनीहरूको दाबी छ ।

घटनापछि विरोध चर्केपछि राज्य सरकारले धेरै मानिसहरूलाई एकै स्थानमा भेला हुन रोक लगाएको छ । त्यसका साथै राजस्थानमा इन्टरनेट सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी सामाजिक सञ्जालमा सार्वजनिक अर्को एक भिडियोमा उनीहरूले उक्त हत्याबारे गौरवपूर्ण रूपमा कुरा गरेका छन् ।

भिडियोमा ती युवकले खुँडा नचाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हत्या गर्नुअघि ती दुई युवक ग्राहकका रूपमा कन्हैया लालको पसलमा प्रवेश गरेका थिए । लुगा सिलाउन अर्डर गरेका उनीहरूले नापजाँच गर्ने क्रममा कन्हैयालाई आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077