Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग सुचारु

सिन्धुली । पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग बुधबार दिउँसोबाट खुलेको छ ।

सिन्धुलीमाडी– खुर्कोट खण्ड अन्तर्गत खनियाँखर्क नजिक खसेको पहिरो स्काभेटर लगाएर हटाएपछि राजमार्ग खुलेको प्रहरीले जनाएको छ ।

लेदो माटोसहितको पहिरो झर्दा बिहानबाट राजमार्ग अवरुद्ध भएको थियो ।

मध्यपहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ६ को अक्करे भीरमा भने अझै यातायात सञ्चालनमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077