Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुडिरहेको ट्रकमा एक्कासी आगलागी

जनकपुरधाम । सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको हो ।

ट्रकको वाइरिङ सर्ट भएर आगलागी भएको पाइएको सशस्त्र प्रहरीले जनाएको छ । आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ ।

आगोलाई नेपाल तथा सशस्त्र प्रहरी एवम् हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077