Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोटेश्वरमा भयानक दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा भएको दुर्घटना एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज साँझ ट्रक र माइक्रोबस एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको थेलचोङ घर भएका ५२ वर्षीय देवकुमार सेन रहेको प्रहरीले जनाएको छ । यस्तै सहचालक २३ वर्षीय विमल कुमार सुनार घाइते भएका छन् ।

उनको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मुत्यु भएको हो । प्रहरीका अनुसार प्रदेश २–००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बरको माइक्रो आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

ठोक्किएपछि भक्तपु्र–रत्नपार्क रुटमा गुड्ने माइक्रोबस क्षतिग्रस्त बनेको छ । दुर्घटनापछि माइक्रो चालक फरार रहेका छन् र घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077