Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लव समूहका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएका ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य आगामी बुधबार (असार १५ गते)नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ ।

गत असार ९ गते पुनसहित केन्द्रीय सदस्य शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियार छन् ।

गत वैशाख विप्लव समूहबाट धर्मेन्द्र बास्तोला हेमन्तप्रकाश ओली सहित नेता कार्यकर्ताले छोडेका थिए । उनीहरुले विप्लव समूह छोडेर नेकपा बहुमत गठन गरेका छन् ।

एकपछि अर्को गर्दै विप्लव समूहबाट नेता कार्यकर्ता छोड्दै गएपछि उनी एक्लिँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077