Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा पत्रकार बोलाएर मन्त्री झाँक्री राजीनामा बुझाउन बालुवाटार

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन बालुवाटार लागेकी छन् ।

सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेकी झाँक्री पत्रकारलाई मुख नदेखाई राजीनामा बोकेर बालुवाटार हिँडेकी हुन् ।

मन्त्री झाँक्रीको सचिवालयले पौने पाँच बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरिने बताएको थियो ।

आजै मन्त्रालयका कर्मचारीहरू उनलाई बिदाइ गर्न स्ट्यान्डबाइ छन् । तर, पत्रकारहरूलाई मन्त्रालयमै पर्खाएर झाँक्री सुटुक्क सिंहदरबार लागेकी हुन् । उनले राजीनामा बुझाइ सकेर पत्रकार सम्मेलनमा उपस्थित हुने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077