Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एम्बुलेन्स र मोटरसाइकलको ठक्कबाट दुई जनाको मृत्यु, दुई घाइते

मोरङ । मोरङको बूढीगंगामा एम्बुलेन्स र मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।

कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ४४१४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकलयात्री बूढीगंगा गाउँपालिका–४ का ६९ वर्षीय मंगल रामको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट वृद्ध पुरुष र मोटरसाइकलले ठक्कर दिँदा उद्योगका सुरक्षा गार्डको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते वृद्धको उपचारका क्रममा बूढीगंगाकै विराट शिक्षण अस्पतालमा राति मृत्यु भएको प्रहो ।

यस्तै त्यस्तै दक्षिणबाट उत्तरतर्फ नै जाँदै गरेको प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले बूढीगंगा–४ स्थित प्रिमियर वायर उद्योगअगाडि ठक्कर दिँदा सोही उद्योगमा कार्यरत सुरक्षा गार्ड भोजपुरको अरुण गाउँपालिका–५ घर भएका २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको छ ।

पैदल हिँडिरहेका बेला दुर्घटनामा परेर श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा आइतबार बिहानका मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077