Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रीहरूले जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूमाथि  सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भइसकेको छ भने राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ।

मन्त्रीहरूले जवाफ दिइसकेपछि पारितको प्रक्रियामा अघि बढ्नेछ । बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077