Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने कमल थापाको भनाई

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ नामक बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,  ‘अहिले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ।

संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघीयतालाई थप संस्थागत हुने उनको दाबी छ।

उनले व्यक्तिको इमानदारी र लगनशीलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताए। प्रदेश संरचना खारेज गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077