Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार खारेज

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी महिलाको गर्भपतन गर्न पाउने संवैधानिक अधिकारको अन्त्य गरेको छ ।

अमेरिकामा करिब आधा शताब्दीदेखि रहेको गर्भपतनलाई दिइएको संवैधानिक संरक्षण सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको हो ।

सन् १९७३ मा गर्भपतनसम्बन्धी कानुनलाई अमेरिकामा वैध बनाइएको थियो । यससँगै अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउने बीबीसीले जनाएको छ ।

परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको अदालतले ऐतिहासिक रो भी वेडको ऐतिहासिक निर्णय उल्टाइदिएको हो । उक्त निर्णयको पक्षमा ६ जना र विपक्षमा ३ जना न्यायाधीश थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077