Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानको शक्तिशाली गुप्तचर सेवामा अचानक नेतृत्व परिवर्तन

एजेन्सी । इरानले इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प अन्तरगतको गुप्तचर सेवामा नयाँ कमाण्डर नियुक्त गरेको छ । बिहीबार समूहका प्रवक्त रमेजान शरिफले एक वक्तव्य जारी गर्दै हुसेन तइबलाई मोहम्मद काजेमीले विस्थापित गर्ने जानकारी दिएका छन् ।

काजेमी यसअघि रिभोलुस्नरी गार्डको प्रतिगुप्तचर शाखाका प्रमुख थिए । पूर्व प्रमुख तइव सन् २००९ मा रिभोलुस्नरी गार्डको गुप्तचर निकाय स्थापना भएदेखि बुधबारसम्म यसको नेतृत्वमा थिए । तईबको बहिर्गमनको कारणबारे केही कारण बताइएको छैन ।

तथापि प्रवक्ताले उनी रिभोलुस्नरी गार्डका कमाण्डर इन चिफ हुसेन सलामीको सल्लाहकार छनौट भएको खुलाएका छन् । सन् २०२० जनवरीमा रिभोलुस्नरी गार्ड अन्तरगतको कुद्स फोर्सका प्रभाबशाली कमाण्डर कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव निक्कै चुलियो । त्यस यता मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीच छद्म युद्ध चलिरहेको छ ।

पछिल्लो समय अमेरिका सन् २०१५ को आणविक सम्झौतामा फर्किने प्रयास टुंगोमा पुग्न सकिरहेको छैन । अमेरिकाले इस्लामिक रिभोलुस्नरी गार्ड कोर्पलाई आतकंवादी संगठनको सुचिमा राखेको र त्यस सूचीबाट हटाउनुपर्ने विषयमा मतभेद पनि सम्झौता टुंगोमा पुग्न नसक्नुको एक कारण बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077