Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन एनआरएनएलाई मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई आग्रह गरेका छन् ।

एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौंलाई संसाभर चिनाउन आग्रह गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका सकारात्मक रहेको बताए ।

नगरप्रमुख शाहले एनआरएनएको योजना कार्यान्वयनका लागि काठमाडौं महानगरपालिका लाग्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए काठमाडौं महानगरपालिकासँग सहकार्य गरी ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताए ।

अध्यक्ष आचार्यले एनआरएनले काठमाडौं महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गरे । भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077