Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगे , राष्ट्रपतिसँग भेटघाट

काठमाडौं । रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् ।

इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबार इरानको भ्रमणमा गएका थिए । उनी इरानमा दुई दिनसम्म रहने समाचारमा जनाइएको छ ।

त्यस क्रममा उनले इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ । उनीहरुको भेटका क्रममा क्षेत्रीय सुरक्षाका साथै अफगानिस्तान सिरिया र युक्रेनका विषयमा कुराकानी हुने जनाइएको छ ।

साथै उनको यस भ्रमणका क्रममा इरान र रुसबीचको व्यापारिक साझेदारी र द्धिपक्षीय लगानी आदिका विषयमा पनि सम्झौता हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077