Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्याजदर अझै बढ्न सक्ने राष्ट्र बैंकका गभर्नर अधिकारीको संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने संकेत गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले ब्याजदर बढिरहेको भन्दै त्यसलाई सबैले स्वीकार्नुपर्ने बताए ।

उनले कुल गार्हस्थ्य उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न गर्दै त्यस्तो ऋण प्रणालीमा स्वभाविक रुपमा फर्किने विश्वास व्यक्त गरे ।

उनले मौद्रिक नीति जादुको छडी नभएको बताए । सबै समस्याको समाधान मौद्रिक नीतिले नगर्ने भन्दै यसका आफ्नै सीमाहरु भएको उल्लेख गरे ।

उनले अन्य मुलुकले पनि ५० वर्षमा नभोगेको मूल्यवृद्धि भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय परिवेशले मूल्यवृद्धिलाई वाञ्छित सीमाभित्र राख्न चुनौतीपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077