Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एलन मस्कसँगको नाता तोड्न छोरीले हालिन् मुद्दा

एजेन्सी । आफ्ना बुवासँग कुनै पनि प्रकारको नाता सम्बन्ध कायम राख्न नचाहेको भन्दै विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्ककी समलिङ्गी छोरीले कानूनी रुपमा नाम र लिङ्ग परिवर्तनका लागि निवेदन दिएकी छिन् ।

१८ वर्षकी जेभिएर एलेक्जेन्डर मस्कले अबदेखि आफ्नो नाम भिभियन जेन्ना विल्सन कायम हुन तथा आफूलाई महिलाको रुपमा पहिचान प्रदान गर्न माग गर्दै निवेदन दिएकी हुन् ।

सान्टा मोनिकास्थित लस एन्जल्स सुपेरियर कोर्टमा उनले नाम परिवर्तन तथा नयाँ जन्मदर्ताका लागि गत अप्रिलमा निवेदन दिएकी भएपनि बल्ल सार्वजनिक भएको हो ।

आफ्ना अर्बपति बुवा एलन मस्कसँग उनकी छोरीले किन नाता सम्बन्ध विच्छेद गर्नका लागि अदालत गुहारेकी हुन् भन्ने प्रष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077