Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालका सबै अस्पताल बन्द भएपछि बिरामीलाई पनि विदेश पठाउनुपर्छ : दुर्गा प्रसाईं

काठमाडौं । बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गरेका हुन्।

उनले भने, ‘देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुँदैछन् ।’ गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको उनको भनाइ छ । सबै नेपालमा नर्सिङ पढ्नै नपाइने उनको भनाइ छ ।

उनले थपे ‘अहिले नेपालका शिक्षण अस्पताल बन्द गरेर पढ्न विद्यार्थीलाई बाहिर पठाइरहेका छौं,’, ‘अब नेपालमा भएका नर्सलाई पनि बाहिर पठाउँदै छौं । यसपछि, नेपालका सबै अस्पताल बन्द भएपछि बिरामीलाई पनि विदेश पठाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077