Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैतडीको पज्यूनयाँमा सोमबार जीप दुर्घटना हुँदा दुई जना घाइते

बैतडी । बैतडीको पज्यूनयाँमा सोमबार जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना जना घाइते भएका छन् ।

घाइते हुनेमा शैल्यशिखर नगरपालिका दार्चुलाका गाडी धनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ ।

गाडीमा अन्य यात्रु थिएनन् । जीप दिउँसो ३ बजेतिर दुर्घटना भएको हो । घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ ।

उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सञ्जय धामीले बताए । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077