Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको आसाम र मेघालयमा बाढी : ३२ जनाको मृत्यु, १८ लाखभन्दा बढी प्रभावित

एजेन्सी । भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।

आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर–पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।

आसामको विपद् व्यवस्थापन विभागका अनुसार आसाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको पाइएको छ । आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ ।

यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ ।

ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ । यी जिल्लाहरूमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ । यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077