Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंबाट हराएका बालक भारतको पटनामा फेला

काठमाडौं । काठमाडौंबाट हराएका बालक भारतको पटनामा फेला परेका छन् ।

महानगरपालिका ३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट यही असार १ गते बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले असार २ गते प्रहरी वृत्त नयाँबानेश्वरमा हुलियासहित निवेदन दिएका थिए ।

त्यसपछि खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी आएको थियो । भारतीय प्रहरी अधिकृतको समन्वय र सहयोगमा पटना रेल्वे स्टेशनबाट उद्धार गरी दाजु भरत रुवाली सार्कीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077