Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश सरकार खारेज गरौं, आर्थिक रुपमा बोझिलो भयो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरुबीच आपसी सहमति र विश्वासको वातावरण सिर्जना गरी प्रदेश सरकारको व्यवस्था खारेज गर्नु पर्ने बताएका छन् ।

शनिबार पार्टीका जनवर्गीय संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले आर्थिक रुपमा मुलुक टाट पल्टने डरलाग्दो अवस्था भएको तथा संघीय व्यवस्था आर्थिक रुपमा बोझिलो भएकोतर्फ राज्य सञ्चालकहरु चिन्तित नहुनु बिडम्बना भएको बताए।

‘सुदृढ स्थानीय स्वायत्त शासन अनुरुपको अधिकार सम्पन्न स्थानीय निकाय र बलियो केन्द्रीय सरकार भए पुग्छ, बीचको संरचना आवश्यक छैन,' थापाले भने।

यस्तै थापाले राप्रपा नेपालले उठाएको धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्रको एजेन्डाले सबैको हित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077