Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैध मल बोकेर काठमाडौं आउँदै गरेको २ वटा ट्रक रोकेर धार्केमा किसानले खोसे मल, राजश्वले समातेपछि ‘लुट्न लगाएको’ आरोप

काठमाडौं । सशस्त्र प्रहरीको बलको सुरक्षामा अबैध रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् ।

मल बोकेको ट्रकलाई धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा राजमार्गछेउमा रोकेर किसानहरुले रासायनिक मल झिकेर लगेका हुन् ।

अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए ।

गहुँ र सिमेन्ट ल्याइएको भनिएको दुईवटा ट्रकमा रासायनिक मल ल्याइएको पाइएपछि विभागले हिजो नियन्त्रणमा लिएको थियो ।

त्यसपछि उक्त ट्रकलाई आज सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।

शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४–५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट गरेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ ।

मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् ।

किसानले धेरैजविशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल ‘लुट्न लगाएको’ किसानहरूले बताएका छन् ।

राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल खोसियो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077