Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सुतेकै ठाउँ मृत भेटिए

सुर्खेत । जाजरकोट कुशे गाउँपालिका–७ का वडाध्यक्ष मृत फेला परेका छन् । वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।

मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077