Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमला वली प्रकरण : एमालेले गर्‍यो लुम्बिनी प्रदेश सभा वैठक अवरोध

बुटवल । स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले प्रदेश सभा वैठकमा जवाफ नदिँदा सम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।

बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलको प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए ।

सभामुख पूर्ण घर्तिले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

यसअघि नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारको जवाफ नआएसम्म वैठक चल्न नदिने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077