Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामकुमारी झाँक्रीले भनिन्- सिसडोलमा २ वर्ष भनेर १७ वर्ष फोहोर खसाइयो

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले २ वर्षका लागि बनाइएको सिसडोल ल्याण्डफिल साइटमा १७ वर्ष फोहोर फालेको बताएकी छिन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै झाँक्रीले थोरै समयका लागि बनाइएको ल्याण्डफिल साइटमा वर्षौसम्म निरन्तर फोहोर विसर्जन गरिएको बताएकी हुन् ।

‘सिसडोलमा २ वर्षका लागि ल्याण्डफिल साइट बनाइएको थियो । त्याहाँ १७ वर्ष फोहोर खसाइयो,’ मन्त्री झाँक्रीले भनिन्, ‘यसको विकल्पमा बञ्चरेडाँडामा स्थायी ल्याण्डफिल बनाउने भनेर काम भइरहेपनि अघि बढ्न सकेन ।’

स्थानीयको विरोधले स्थानीय तहका जनतासँग सम्झौता गरेर बञ्चरेडाँडाको काम अघि बढाइएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077