Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डा. आचार्यले प्रचण्डको चुनावी क्षेत्रमा उम्मेदवारी दिने

काठमाडौं । साझा विवेकशीलका पूर्वनेता समेत रहेका पूर्वाधारविद डा. सूर्यराज आचार्य पनि आगामी मंसिरमा हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका छन् ।

चितवन ३ नम्बर निर्वाचन क्षेत्र घर भएका आचार्य पछिल्लो समय चितवनमा निकै सक्रिय समेत रहेका छन् ।

चितवन ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत निर्वाचन क्षेत्र हो । २०७४ सालको निर्वाचनमा प्रचण्ड सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

‘चितवन मेरो गृह जिल्ला हो । त्यहाँ मेरो सक्रियता हुने नै भयो’, उनले भने, ‘आगामी निर्वाचनमा मैले स्वतन्त्र उम्मेदवारी दिने सोच बनाएपनि काठमाडौं १ वा चितवनमध्ये कहाँबाट निर्वाचन लड्ने भन्ने टुंगो लागिसकेको छैन ।’ आचार्यले दुवै ठाउँको जनमतबारे अध्ययन गरिरहेको समेत बताए । आचार्य ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं २ बाट चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077