Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • प्रचण्डलाई ओलीको कटाक्ष : आफ्नो हालत के छ भन्दा घुँडाघुँडा, धाक चाहिँ कत्रो

    प्रचण्डलाई ओलीको कटाक्ष : आफ्नो हालत के छ भन्दा घुँडाघुँडा, धाक चाहिँ कत्रो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मजबुत बनेको प्रमाणित भएको बताएका छन् ।

    मोरङमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सिटमा थोरै थलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताए ।



    स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले पाएको भन्दै उनले भने, ‘सिटमा अतिकति तलमाथि भयो होला । तर त्यो जम्मा सिट आफ्नो भोटले होइन । यो थालमा जुठा गाँसहरु परेका छन् । नेकपा एमाले त्यस्तो होइन, आफ्नै भोट छ ।’



    तर कतिपयले कांग्रेसलाई एमालेको हालत बनाइदिने भनेर धम्की दिएको भन्दै प्रचण्डप्रति व्यंग्य गर्दै ‘कांग्रेसले घमण्ड नगरोस्, घमण्ड गर्यो भने एमालेकै हालत बनाइदिन्छु । एक जनले धाक लगाएको सुनियो’, प्रचण्डको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘तिनको उचाई कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन् । धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार