Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भित्री वस्त्रमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ

    भित्री वस्त्रमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 843
    SHARES

    फाइल तस्विर

    काठमाडौं । शरीरमा लगाएको भित्री वस्त्र कट्टुमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

    कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए ।



    उनका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गरिएको थियो । त्यतिवेला उनको भित्री वस्त्र शंकास्पद लागेपछि खनतलासी गर्दा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो ।



    भट्टराईका अनुसार उनको कट्टुमा विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६.५ ग्राम बरामद भएको थियो । साथै, सिक्री आकारको ५० ग्राम सुन पनि बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार