Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बञ्चरेडाँडामा फोहोर नफाली काठमाडौं नै फर्किए डेढ सय टिपर

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू फोहोर नफाली फर्किएका छन् ।

बुधबार बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ ।

सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो ।

तर, स्थानीयले बुधबार अवरोध गरेपछि प्रहरी नै त्यहाँ पुगेर फोहोर व्यवस्थापन गर्न अघि खटिएको थियो । तर, स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहोर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले ढुङ्गामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।

हिजो मङ्गलवार प्रहरी परिचालन गरेर फोहर बोकेका गाडी बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा पुर्‍याएको भए पनि आज फोहर बोकेका गाडी पुग्न सकेनन् । प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077