Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाघको आक्रमणबाट महिलाको मृत्यु

चितवन । घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निगुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077