Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - पैसाबाहेक अरू नसोच्नेको हातमा सरकार पुग्यो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा पुगेको बताएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा आइतवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही ‘नलेज’ छ कि छैन ? भनेर सरकारलाई प्रश्नसमेत गरे ।

उनले नेपालको हिमालले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077