काठमाडौं । मानव बेचबिखन र ठगीको आरोपमा फरार एक एजेण्ट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर घर भई हाल काठमाडौंमा बस्दै आएका मुकुन्द जिसी रहेका छन् ।
उनले अवैध रुपमा अमेरिका पठाउँदै आएका थिए । काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन र ठगी मुद्दामा जिसीलाई एक वर्ष कैदको फैसला गरेको थियो ।
फैसलापछि फरार जिसीलाई ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
बेचबिखन मुद्दामा यसअघि अदालतले उत्तरकी पत्नी लुम्बिनी प्रदेशमन्त्री बिमला वलीलाई जरिवानाको फैसला गरेको थियो ।