Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीयता कार्यान्वयनसम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।

यही जेठ १९ गतेको राष्ट्रियसभा बैठकबाट सर्वसम्मतरुपमा स्वीकृत भएको सङ्कल्प प्रस्तावमा उल्लेख भएअनुसार सङ्घीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी राष्ट्रियसभामा प्रतिवेदन पेश गर्न सो विशेष समिति गठन गरिएको हो ।

सांसद डा खिमलाल देवकोटाको संयोजकत्वमा गठित समितिमा सांसद प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य रहेका छन् । ।

उक्त विशेष समितिको कार्यावधि कार्य प्रारम्भ गरेको मितिले चार महिना हुनेछ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत उक्त नामावलीसहितको समिति गठनको प्रस्तावलाई बैठकले सहमति जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077