Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ ।

बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको हो ।

'कुनै पनि सरकार ५ वर्ष सम्म टिकेनन्स अस्थिरताका कारण यही शासन व्यवस्था बन्यो,' उनले भने, 'सांसद हुन खर्च गर्नुपर्नेस प्रधानमन्त्री हुन सांसदको किनबेच हुने स्थितिको अन्त्य गर्न जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद्‌को पक्षमा उभिएका हौंस आगामी निर्वाचनमा यो कुरा उठाएर जान्छौं ।'

स्थानीय तह निर्वाचनको समीक्षा गर्न आयोजित बैठकमा राप्रपाले सत्ताको दुरुपयोग, सत्ता पक्ष र प्रतिपक्षका दुई ठूला गठबन्धन र महाधिवेशनलगत्तै स्थानीय तहको निर्वाचन भएकाले निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको निष्कर्ष निकालेको छ ।

निर्वाचनपछि नयाँ शक्तिको रुपमा उदाएको दाबी गर्दै राप्रपाले निरुत्साहित हुनुपर्ने अवस्था नरहेको तर्क गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077