Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शालिक राखेर राजा फर्कंदैनन् : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शालिक राखेर मात्रै राजा नफर्कने बताएका छन्।

बाँकेको नेपालगन्ज धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा तनाव उत्पन्न भएपछि राजा इतिहासको सम्झना मात्रै भएको बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘शालिक राखेर राजा फर्कने होइन। इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न।’

राजतन्त्रको वकालत गर्दै हिँड्ने कमल थापा राप्रपाको अध्यक्षका राजेन्द्र लिङ्देलसँग पराजित भएपछि राप्रपा नेपाल ब्युँताएर राजाको विरोध गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077