Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • सप्तकोशी नदीमा हाम फालेका लिम्बूको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

    सप्तकोशी नदीमा हाम फालेका लिम्बूको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा हाम फालेका एक जनाको उद्धार गरेको छ ।

    सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीले जनाएको छ ।



    उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।



    लिम्बूलाई सम्झाइबुझाइ घरतर्फ पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार