Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

न्युजिल्याण्ड पठाईदिने भन्दै ३० लाख ठगी, एक जना पक्राउ 

काठमाडौं । न्युजिल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन स्युचाटारका ४५ वर्षीय विकास भट्टराई खत्री रहेका छन् ।

उनले पीडितद्वय लाई वर्किङ भिसामा न्युजिल्याण्ड पठाइदिने र न्युजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु भन्दै प्रतिव्यक्ति पन्ध्र लाख रुपैयाँका दरले तीस लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

खत्रीलाई  मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077