Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन र सुनिता पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले सोमबार पद तथा गोपनीयताको शपथग्रहण लिँदै छन्।

सोमबार महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथग्रहण कार्यक्रम भइरहेको छ।

यसलगत्तै प्रमुख साहले उपप्रमुख डंगोललाई र त्यसपछि ३२ वडाका अध्यक्षलाई शपथग्रहण गराउनेछन्।

महानगरको मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाले जनाएको छ। दुवैजनाले सोमबार दिउँसो नै सुन्धारास्थित महानगरको मुख्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077