Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ : ओलीलाई प्रचण्डको प्रश्न

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?’

प्रश्नपछि प्रचण्डले अहिले परिस्थिति भिन्दै भइसकेको अवस्थामा यस्तो भन्नु जायज नहुने भन्दै एकअर्कालाई अपमानित गर्न नहुने बताए ।

ओलीलाई सोधको प्रश्नको आफैले जवाफ दिंदै प्रचण्डले अघि भने, ‘यस्तो भन्नु विल्कुलै जायज होइन । अहिले परिस्थिति नितान्त भिन्न भैसकेको छ । हामीले ती कुरालाई पटक-पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले लियौं भने हामी यो सिस्टममार्फत नेपाली जनतालाई जे दिन खोजेका छौं त्यो दिन सकिने छैन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077